नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

कोशी प्रदेशको नामांकणको विरोध गर्ने ९ जना ओखलढुङ्गामा पक्राउ

ओखलढुङ्गान्युज, मंशिर १९ कोशी प्रदेशको नामांकरणको विरोध गर्ने पहिचान आन्दोलन पक्षधर ९ जनालाई आज ओखलढुङ्गा प्रहरीले पक्राउ गरेको छ । कोशी नामांकरणको विरोध गर्दै आएका उनीहरुलाई ओखलढुङ्गाका विभिन्न स्थानबाट आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रदेश नं। १ पुनः नामांकरण संयुक्त संघर्ष समितिका ओखलढुङ्गा अध्यक्ष थगेन्द्रराज राई, सचिव दिपेन्द्र रुम्दाली, भिम राई, रेखराज राई, चम्मर राई, दुर्गा बहादुर राई, ईन्द्र बहादुर राई, अश्विन राई र सुजन राई रहेका छन् । शोमबार र मंगलबार विहान विभिन्न स्थानवाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । केहिलाई भने प्रहरीले कार्यक्रम स्थलवाट नै पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई मंगलबार साँझ उनीहरुको आफन्तलाई जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकार प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

कोशी प्रदेश नामांकरणको विरोध गर्दै पुन नामांकरण हुनुपर्ने भन्ने माग राख्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर नेताहरुले कोशी नामांकरणको पक्षमा मतदान गर्ने कोशी प्रदेशका ८२ जना नै सांसदहरुलाई जिल्ला प्रबेश गर्न नदिने भन्दै विरोध गर्दै आएका छन् । कांग्रेसको जिल्ला स्तरीय कार्यक्रममा सहभागी हुन प्रदेशका मुख्यमन्त्री केदार कार्की र पुर्वमन्त्री प्रदिप कुमार सुनुवार ओखलढुङ्गा आउने भएपछि उनीहरुको विरोध गर्दै कार्यक्रममा अबरोध गरि सुरक्षामा खलल पु¥याउन सक्ने भएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । कांग्रेसको खुलासत्रको कार्यक्रम सकिनासाथ पक्राउ गरिएका सबैलाई आजै छाडिएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

आज (मंशिर १९ गते) ओखलढुङ्गामा नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा, महामन्त्री गगन कुमार थापा तथा केन्द्रिय सदस्य डाक्टर शेखर कोईरालाको उपस्थितीमा नेपाली कांग्रेस ओखलढुङ्गाका पार्टी कार्यालय वि पी स्मृती भवनको उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रम रहेको थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, पूर्व मुख्यमन्त्री उद्धव थापा तथा पूर्व प्रदेश मन्त्री एवम् ओखलढुङ्गाबाट निर्वाचित प्रदेश सांसद प्रदिप कुमार सुनुवारको समेत उपस्थिती रहेको थियो ।