नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

पूर्व प्रधानमन्त्री देउवा सहित कांग्रेसका गगन र शेखर ओखलढुङ्गा आउदै

ओखलढुङ्गान्युज, मंशिर १५ नेपाली कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा ओखलढुङ्गा आउने भएका छन् । नेपाली कांग्रेस ओखलढुङ्गाको पार्टी कार्यालय विपी स्मृती भवन उद्घाटन तथा नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न मंशीर १९ गते ओखलढुङ्गा आउन लागेका हुन् ।

पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति देउवासँगै नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य डाक्टर शेखर कोईराला पनि ओखलढुङ्गा आउन लागेका हुन् । विपी स्मृती भवनको उद्घाटन र जिल्ला सम्मेलनको उद्घाटनसँगै २० गते बन्दसत्रमा पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम पनि राखिएकोले केन्द्रिय नेताहरु ओखलढुङ्गा आउन लागेको नेपाली कांग्रेस ओखलढुङ्गाका प्रबक्ता प्रदिप कुमार बानियाले जानकारी दिए ।

प्रबक्ता बानियाका अनुसार ओखलढुङ्गामा हुने १९ र २० गतेको कार्यक्रमका लागि केन्द्रिय सदस्य डा. शेखर कोईराला आउने भएपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पनि ओखलढुङ्गा आउने भएका छन् । कार्की कोईरालाको गुटबाट गठबन्धनको निर्णयलाई लत्याउदै नेकपा एमालेको समर्थनमा कोशी प्रदेशका मुख्यमन्त्री बनेका थिए । कार्यक्रममा पार्टीका अन्य केन्द्रिय सदस्यहरु, महासमिती सदस्यहरुको समेत उपस्थिती रहने प्रबक्त बानियाले जानकारी दिए ।