नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

पूर्वमा गायन प्रतिभाको पहिचान गर्न पुर्वी स्टार गायन प्रतियोगिता हुदै

ओखलढुङ्गान्युज, मंशिर १५ नेपालको पुर्वी क्षेत्रमा रहेका गायन प्रतिभाहरुको पहिचान गर्नका लागि पुर्वी स्टार गायन प्रतियोगिता हुने भएको छ । गायन प्रतिभाको खोजि तथा पहिचानका लागि पुर्वी स्टार गायन प्रतियोगिता हुन लागेको प्रतियोगिताका निर्देशक टिआर लिम्बूले ओखलढुङ्गामा एक पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।

लुकेर रहेका प्रतिभाहको पहिचान तथा अबसर पाउनवाट बञ्चित रहेका गायन कलाकारहरुको कलालाई बाहिर ल्याई अबसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बिहिबार ओखलढुङ्गामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक लिम्बूले जानकारी दिए । पुर्वको माटो, पुर्वको पहिचानका लागि हाङ अनलाईन म्यूजिक प्रालिको आयोजनामा पुर्वी स्टार गायन प्रतियोगिता सिजन वानको सञ्चालन गर्न लागिएको निर्देशक लिम्बूले बताए ।

प्रतियोगितालाई ‘पुर्वको आवाज पुर्वको सान, पुर्वी स्टार गायन प्रतियोगीता सिजन वान’ नाम दिईएको छ । प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ब्यक्तिहरुले मंशीर १५ देखी ९८४२४२६२०६ र ९८६९७५५२५५ मा ह्वाट्स एप मार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि निवेदन दस्तुर रु १ हजार लाग्ने र उक्त रकम आयोजक कम्पनीको क्यूआर कोडमा स्क्यान गरि तिर्नुपर्ने तथा आवेदनमा दस्तुर बुझाएको क्यूआरको स्कृन सट फोटा समेत समाबेश गर्नुपर्ने हाङ अनलाईन म्यूजिक प्रालिले जनाएको छ ।

आवेदन बुझाएपछि प्रतियोगितामा सहभागी हुन चाहनेहरुको पहिलो चरणको अडिसन पुष १ देखी पुष १० सम्म सञ्चालन हुनेछ । त्यसका लागि आवेदनकर्ताले आफुले विना ट्रयाक गीत गाएर रेकर्ड गरी ह्वाट्स एप मार्फत नै भिडियो पठाउनुपर्ने निर्देशक लिम्बूले बताए । दोश्रो चरणको ट्रयाक राउण्ड देखी भने सहभागीेले धरानमा हुने लाईभराउण्ड कार्यक्रममा भौतिक रुपमा नै उपस्थित भएर ग्राण्डफिनाले सम्मको प्रतिष्पर्धामा सहभागी हुनुपर्ने आयोजकले जनाएकोछ । प्रतियोगितामा नेपालभित्र बोलिने सबै राष्ट्रिय तथा मातृभाषामा गीत गाउन पाईने पनि आयोजकले जनाएको छ ।

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्नेले नगद रु ४ लाख सहित एकतोला सुनको सिक्री, ट्रफि, प्रमाणपत्रका साथमा एउटा गीत रेकर्ड गर्ने अबसर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगीतामा दोश्रो स्थान प्राप्त गर्नेले नगद रु १ लाख ५० हजारका साथमा ट्रफि, प्रमाणपत्र र एउटा गीत गाउने अबसर र तेश्रो हुनेले नगद रु ५० हजारका साथमा ट्रफी, प्रमाणपत्र र एउटा गीत रेकर्ड गर्ने अबसर प्राप्त गर्ने आयोजक कम्पनीका निर्देशक लिम्बूले जानकारी दिए ।

प्रतिगोगीता अबधीभर प्रत्येक लाईभ राउण्डमा बेष्ट पर्फम प्रस्तुत गर्ने एकजनालाई उपहार स्वरुप एकथान गिटार प्रदान गरिने पनि निर्देशक लिम्बूले जानकारी दिए । प्रतियोगीतामा विजेता हुनेहरुले स्वदेश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा भ्रमणको अबसर पाउने समेत आयोजकले जनाएको छ ।