नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

ओखलढुङ्गान्युज, मंशिर १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ‌ । आयल निगमले आज अर्थात् मंशीर १५ देखि लागुु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र डिजेल/मट्टीतेलमा प्रति लिटर ४ रुपियाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १६० रुपियाँ कायम भएको छ । 

खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्यलाई भने यसपटक आयल निगमले घटाएको छैन । एलपी ग्याँस र हवाई इन्धनको मूल्यलाई भने यथावत् राखिएको निगमले जारी गरेको सुचनामा उल्लेख छ ।