नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

अर्ना वियरको क्रिकेट खेलाडीलाई अफरः एक रनको १ हजार, छक्काको २० हजार दिने

ओखलढुङ्गान्युज, कातिक १३ आजबाट टी–२० विश्वकपको एसिया छनोट क्रिकेट प्रतियोगिता सुरु हुदैछ । आजबाट सुरु हुन लागेको टी–२० विश्वकपको एसिया छनोट क्रिकेट प्रतियोगितामा खेलाडीहरुका लागि अर्ना वियरले नगद पुरस्कार दिने घोषणा गरेको छ ।

अर्ना वियरले सामाजिक सञ्जाल मार्फत टी–२० विश्वकपको एशिया छनौट प्रतियोगितामा नेपाली खेलाडीले बनाउने प्रत्येक रनको एक हजार दिने घोषणा गरेको छ । त्यस्तै नेपाली खेलाडीले चौका प्रहार गर्दा थप १० हजार र छक्का प्रहार गर्दा थप २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ ।

त्यस्तै बलिङ तर्फपनि नगद पुरस्कार दिने घोषणा गरेको छ । बलिङ तर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा विकेट लिने खेलाडीलाई २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो । अर्ना वियरले खेलाडीको प्रोत्साहनका लागि गरेको नगद पुरस्कार प्रदानको घोषणालाई खेल तथा खेलाडीका समर्थकहरुले प्रशंसा गरेका छन् ।

अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेट प्रतियोगितामा पनि चौका, छक्का र विकेट लिने खेलाडीलाई नगद पुरस्कार दिएको थियो । टी–२० विश्वकपको एसिया छनोट (आज) सोमबारदेखि काठमाडौंमा नै सुरु हुँदैछ । नेपालले पहिलो खेल (आज) सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।