नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

र्‍‍याप गीत गाउदै नगरपालिका प्रमुखलाई प्रश्न सोध्ने विद्यार्थी शेर्पा सम्मानित


ओखलढुङ्गान्युज, कातिक १ ।  ओखलढुङ्गामा केहि दिन अगाडी एउटा विद्यार्थी भाइले गाएको र्‍‍याप गीत निकै भाइरल बन्यो । र्‍‍याप मार्फत उनले नगरपालिका र आफ्नो वडाको समस्या प्रस्तुत गर्नुका साथै किसानले फलाएर बेच्न लगेको तरकारी तथा फलफुल विक्री गर्ने  स्थल नभएकोले कहिले बन्छ भनेर सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललाई प्रश्न गरेका थिए ।

र्‍‍याप गीत मार्फत प्रश्न गर्ने विद्यार्थी अरु कोहि नभएर सिद्धिचरण नगरपालिका वडा नं. ७ मा रहेको बिगुटार माद्यमिक बिद्यालय विगुटारका का ७ मा पढ्ने १२ बर्षिय निमाराप्चेन शेर्पा हुन् । शेर्पालाई आज (बुधबार) सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले नगरपालिकामा नै एक कार्यक्रमको आयोजना गरि नगद रु ३ हजार सहित सम्मान गरेका हुन् ।

केही समय अघि कृषकको गुनासो र नगरपालिकाको जनप्रतिनिधिबाट लिएको आशा सहितको र्‍‍याप भिडियो उनको समाजीक सञ्जालमा भाईरल भएको थियो । शेर्पाले र्‍‍याप गीत मार्फत नगरपालिकाको हटिया क्षेत्रमा कृषकहरुले कहिले सहज रुपमा तरकारी बेच्ने पाउने भन्दै नगरप्रमुख तेजेन्द्र खनाललाई प्रश्न गरेका थिए । नगरपालिकाको अगाडी बनाइएको कृषि टहरामा बसेर किसानले उत्पादन गरेको सामाग्री बेच्न नपाएकोले उचित ब्यबस्थापन गर्न माग सहित केहि दिन अगाडी जिल्लाका नागरिक समाजका प्रतिनिधिहरुले पनि नगरप्रमुखलाइ ध्यानाकर्षण पत्र बुझाएका थिए ।

शेर्पाले नगरपालिकाका जनप्रतिनिधि र कृषकको गुनासो सहित गाएको र्‍‍याप गीत समाजिक सञ्जालमा निकै भाईरल भएको थियो । सोही स्थानका वडा सदस्य फुलछोकी शेर्पाले उनले गाएको गीतको भिडियो बनाएर समाजिक सञ्जाललमा पोष्ट गरेपछि उनी एकाएक भाईरल बनेका थिए । अहिले शेर्पाले गाएको अर्काे  र्‍‍याप गीतको भिडियो पनि समाजिक सञ्जालमा देखिएको छ । 

बर्षिय शेर्पाले गाएको गीत गीत मात्र नभए वास्तविक किसानको गुनासो पनि रहेको वडा सदस्य फुलछोकी शेर्पाको भनाई छ । सानै उमेरका शेर्पाको कलाको सम्मान गर्दै थप प्रोत्साहन गर्न थोरै भएपनि नगद सहित सम्मान गरिएको नगरप्रमुख खनालले बताए । र्‍‍याप गायक शेर्पालाई केही समय अघि विगुटार वडा कार्यालयले पनि सम्मान गरेको थियो ।

उनको र्‍‍याप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
https://www.facebook.com/100083251854176