नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नेपाली चलचित्र ‘दुई कदम’ को टिजर सार्वजनिक

ओखलढुङ्गान्युज, असोज २८ । आज नेपाली चलचित्र  ‘दुई कदम’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक उदय सुब्बाद्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज (आईतबार)  सार्वजनिक गरिएको हो ।

चलचित्रका लागि दयाराम घिमिरेले कथा तथा पटकथा  लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई, प्रेम सुब्बा, गौरव पहारी, सुनिल थापा, कविता आले, बुद्धि तामाङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ ।

चलचित्रको गीतमा संगीतकार विकाश चौधरीले संगीत भरेका छन् । चलचित्रमा समाबेश भएको गीतको मुस्ताङ, धरान र इलाम, तेह्रथुममा छायाँकन गरिएको छ । विक्रम डिसीको छायांकन, प्रविण ढकालको सम्पादन, राजु किराँतीको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, तारा देवी लिम्बु निमार्ता रहेका छन् ।

गीत समाजिक विषयबस्तुमा निमार्ण गरिएको र समाज भित्रको कथाहरुलाई नै लिएर गीत तथा चलचित्र निमार्ण गरिएको छ  । यस अगाडि पनी चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका निर्देशकले समाजिक विचार धारामा चलचित्रको निमार्ण गर्ने  एक सशक्त निर्देशकको रुपमा उदय सुब्बा रहेका छन् ।

https://youtube.com/watch?v=rXylLghHB_s%3Fsi%3Dd-2rquUYcuCgY9xL