नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

गीतकार चन्द्रलाल तामाङको “सृष्टि की सिर्जना”सार्वजनिक

ओखलढुङ्गान्युज, भदौ २५ गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना” गीतको भिडियो सार्वजनिक भएको छ ।  नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको गीतमा जिवनका प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । गीतमा मित्र के.सी. को संगीत, डा.शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेन्ज तथा रन्जन राईको रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको छ । गीत अलंकार रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो ।

सर्वाजनिक भएको गीतको भिडियोमा विशाल गोङ्बाको छायाँकन, राज धामीको सम्पादन तथा राजाराम सिम्खडाको निर्देशन रहेको छ । गीतको भिडियोमा पुस्कर साउद र अञ्जली खड्गीको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो 

https://www.youtube.com/embed/62XM6PX83vU?si=75jHambpsd-iyd1L