नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

पेट्रोलियम पद्धार्थको मूल्यमा उच्च बृद्धि

ओखलढुङ्गान्युज, भदौ १५ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा उच्च मूल्यवृद्धि गरेको छ । शुक्रबार विहानै देखी बढेको मूल्य लागू हुनेगरि निगमले पेट्रोलियम पद्धार्थमा उच्च मूल्य बृद्धि गरेको हो ।

बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य अनुसार अब पेट्रोलमा पहिलो बर्गकाले १७९ रुपैया ५० पैसा, दोश्रो बर्गकाले १८१ रुपैया र तेश्रो बर्गकाले १८२ रुपैया भुक्तानी गर्नुपर्नेछ । त्यस्तै डिजेल र पेट्रोलमा पहिलो बर्गकाले १६७ रुपैया ५० पैसा, दोश्रो बर्गकाले १६९ रुपैया  तेश्रो बर्गकाले १७० रुपैया भुक्तानी गर्नुपर्नेछ ।

निगमको निर्णय अनुसार पहिलो बर्गभित्र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, धनगढी र बीरगञ्ज रहेका छन् । त्यस्तै दोश्रो बर्गमा सुर्खेत र दाङ तथा तेश्रो बर्गमा काठमाण्डौं, पोखरा र दिपायल रहेका छन् ।