नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

गीत गजलमा भुवन र रविनाको मस्ती

ओखलढुङ्गान्युज, भदौ चर्चित गायक डिबी खड्काको स्वरमा रहेको गजल गितमा भुवन श्रेष्ठ र रविना केसीले मस्ती गरेका छन् । गायक खड्काको स्वर रहेको गजल गीत ‘माया गरे झै गरी’ भुवन र रविनाले मस्ती गरेका हुन् ।

कुशल सिंहको सङ्गीत संयोजन रहेको गजल गीतको भिडियो पनि बनेको छ । जसमा रविना केसी र भुवन श्रेष्ठले रोमान्स गरेका हुन् । भिडियोमा उद्धव नेपाल, सिसेमी लिम्बु र कृष्ण चौलागाइले समेत अभिनय गरेका छन् ।

श्रेष्ठ र केसीको मस्ती देख्न सकिने गीत गजल साउनको अन्तिममा सार्वजनिक भएसँगै चर्चापनि बटुली रहेको छ । मनमोहक शैलीमा तयार तथा ट्रयाजेटिका शब्दले भरिएको गीतमा शब्द तथा सङ्गीत भूपेन्द्र खत्रीको छ ।

एक जोडी प्रेमीको प्रेम, रोमान्स र ट्रयाजेटी देखाएको भिडियो सुवास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा विनोद तामाङले छायाङ्कन र  टेकेन्द्र शाहले सम्पादन  गरेका हुन् ।