नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

फेरी‌ बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ओखलढुङ्गान्युज, साउन ३१ । बुधबार विहानै देखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । यस अगाडि सानो सानो अंकमा मुल्य घटाएको निगमले अहिले उच्च अंकमा मूल्य बढाएको हो ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । आयल निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जनाएको छ ।

बुधबार विहानै देखि पेट्रोलको उपभोक्ताले अब प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे प्रयोगकर्ताले प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा तिर्नु पर्नेछ । पेट्रोलियम पद्धार्थमा भएको मुल्य बृद्धिसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले तय गरेको दुरि अनुसारको सवारी साधनको भाडादर अन्यौलमा परेको छ ।