नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

रिचार्ज कार्ड खरिद नगर्न टेलिकमको अनुरोध

ओखलढुङ्गान्युज, साउन २४ । केहिदिन अगाडी नेपाल टेलिकमले रिचार्ज कार्ड हराएको छ । टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको हो । 

नेपाल टेलिकमले बुधबार गोरखापत्रमा नै सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड हराएको जनाएको छ । रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको टेलिकमले सूचनामा मार्फत जनाएको छ । 

नेपाल टेलिकमका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको जनाएको छ । ती कार्ड खरिद नगर्न समेत टेलिकमले सूचना मार्फत अनुरोध गरेको छ ।