नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

फेरि घट्यो पेट्रोलियम पद्धार्थको मूल्य

ओखलढुङ्गान्युज, असार ३१ । नेपाल सरकारले दुई हप्ता नबित्दै दोश्रो पटक पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । आज मध्यरातदेखी लागू हुने गरि पेट्रोलियम पद्धार्थको मूल्य भारि मात्रामा घटाएको हो ।

आज मध्यरात देखी लागू हुने गरि डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्याँस प्रति सिलिण्डरमा १० रुपैयाँ मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासमा भने परल मूल्य नै कायम गरिएको छ ।

नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको जनाएको छ । नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३ रुपैयाँ २७ पैसा, डिजेलमा ९ रुपैयाँ ९४ पैसा, हवाई इन्धनमा २३ रुपैयाँ ८१ पैसा र एलपी ग्यासमा १ सय ३६ रुपैयाँ ६० पैसा सस्तो हुने निगमले जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोल वर्गीकरण अनुसार तराईमा १६१ रुपैयाँ ५० पैसा, भित्री मधेशका जिल्लाहरुमा १६३ रुपैयाँ र काठमाडौंमा १६४ रुपैयाँमा झरेको छ । डिजेलको नयाँ मूल्यअनुसार तराईमा १४३ रुपैयाँ ५ पैसा, भित्री मधेशका जिल्लामा १४५ रुपैयाँ र काठमाडौंमा १४६ रुपैयाँ भएको छ । एलपी ग्याँसको मूल्य भने देशभर १ हजार ७९० रुपैयाँ पर्नेछ ।