नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आजवाट पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

ओखलढुङ्गान्युज, असार १९ आज विहान मध्यरात देखि लागू हुने गरि आयल निगमले पेट्रोलियम पद्धाथको मूल्य घटाएको छ । निगमले शोमबार साँझ एक सूचना जारि गर्दै शोमबार मध्यराति देखि लागू हुने गरि पेट्रोलियम पद्धार्थको मूल्य घटाएको हो ।

निगमले जारी गरेको सूचना अनुसार पेट्रोलियम पद्धार्थको वितरण डिपो भएको दुरी देखि बर्ग विभाजन गर्दै पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । जस अनुसार अब पेट्रोलमा पहिलो बर्गकाले १६७ रुपैया ५० पैसा, दोश्रो बर्गकाले १६९ रुपैया र तेश्रो बर्गकाले १७० रुपैया तिनुपर्ने गरि मूल्य सूचि कायम गरेको हो ।

त्यस्तै डिजेल र मट्टितेलमा पनि पहिलो बर्गका लागि १४७ रुपैया ५० पैसा, दोश्रो बर्गका लागि १४९ रुपैया र तेश्रो बर्गका लागि १५० रुपैया मूल्य तय गरेको हो । यस अगाडी पेट्रोलको मूल्य प्रतिलिटर १७०, डिजेल र मट्टितेलको मूल्य रु १५५ रहेको थियो ।

त्यसैगरि हवाई ईन्धन तर्फ पनि आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैया तथा अन्तराष्ट्रिय हवाई ईन्धन तर्फ प्रतिकिलोलिटर ११५ रुपैया घटाएको छ ।

निगमको सूचना अनुसार पहिलो बर्गमा चारआली, विराटनगर, जनकपुर, विरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी रहेको छ । दोश्रो बर्गमा सुर्खेत र दाङ तथा तेश्रो बर्गमा काठमाण्डौं, पोखरा र दिपायल वितरण केन्द्र रहेका छन् ।