नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

प्रकाश सपुतको अभिनयमा ‘सकम्बरी माया गरिदेउ’

ओखलढुङ्गान्युज, असार ११ चर्चित गायक प्रकाश सपुतको अभिनयमा रहेको सकम्बरी माया गरिदेउ गीत सार्वजनिक भएको छ । सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको सकम्बरी माया गरिदेउ बोलको गीतले हाल सामाजिक सञ्जालमा समेत माहोल बनाएको छ ।

गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको सकम्बरी माया गरिदेउ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलले एरेन्ज गरेका छन् ।

प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मान सिंह मर्हजनले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र कुशुम  शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ । सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

यहाँको लिंकमा क्लिक गरेर पनि गीत सुन्न सकिन्छ :