नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा सम्पन्न मुख्यमन्त्री कपको उपाधी इलामलाई

ओखलढुङ्गान्युज, असार ९ । ओखलढुङ्गामा असार ४ गते देखी जारी मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उपाधी इलामले जितेको छ । शनिवार सम्पन्न भएको फाइनल खेलमा संखुवासभा जिल्लालाई ३-० गोलले पराजित गर्दै उपाधी कब्जा गरेको हो ।

उपाधी जित्दै इलामले नगद रु. २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । फाइनल प्रतिस्पर्धामा पराजित हुदै संखुवासभाले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता हुदै संखुवासभाले नगद रु १ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ । 

फाइनल खेलको हाफ टाइम अगाडी सम्म दुवै टोलीले आफ्नो लागि उत्कृष्ट अबसर पाएपनि गोल विहिन अबस्थामा हाफ टाइम विताएका थिए । इलामको लागि हाफ टाइम पछिको ५९ औं मिनेटमा जर्सी नं. १२ का विशाल तामाङले गोल गर्दै अग्रता दिलाए । त्यसपछि ७९ औं मिनेटमा जर्सी नं. १४ का युवराज राईले र ८४ औं मिनेटमा जर्सी नं. ९ का खेलाडी विनोद धमलाले गोल गर्दै ३-० गोलका साथ इलामलाई विजयी बनाए ।

फाइनल खेलका म्यान अफ दी म्याच इलामका जर्सी नं. ६ का खेलाडी पिकेश लोक्ताम बने । उनले नगद रु ४ हजारका साथमा मेडल प्राप्त गरे । प्रतियोगितामा बेस्ट गोल किपर इलामका जर्सी नं. १६ का मौसम मगर बने । बेष्ट डिफेन्डर इलामका जर्सी नं. १५ का आयुश तिमल्सिना, बेष्ट मिड फिल्डर संखुवासभाका जर्सी नं. ६ का परशु राई, बेष्ट स्ट्राइकर संखुवासभाका जर्सी नं. १० का मन्दिप राई बन्न सफल भए । विधागत तर्फ उत्कृष्ठ भएका खेलाडीहरुलाई नगद रु. ५ हजार ५ सय सहित ट्रफि प्रदान गरिएको थियो ।

त्यसैगरी बेष्ट कोच इलामका छिरिङ पासाङ, हाइग स्कोरर ओखलढुङ्गाका जर्सी नं. ११ खेलाडी संजय गुरुङ बन्न सफल भएका छन् । उनीहरुलाई पनि जनही नगद रु. ५ हजार ५ सय सहित ट्रफि र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको मेन अफ दी सिरिज (Best player of the tournament) को उपाधी भने इलामका जर्सी नं. १२ का बिशाल तामाङ बने । तामाङले नगद रु. १० हजार सहित ट्रफि र मेडल प्राप्त गरे प्रतियोगिताको विजेताहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल तथा अन्य उपस्थित अतिथिहरुले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।