नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

बालयौन दुराचार गरेको आरोपमा च्यानमका एक युवा पक्राऊ

ओखलढुङ्गान्युज । २० कात्तिक, ओखलढुङ्गा । जिल्लाको सुनकोशी गाँउपालिकाका  एक युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाँउपालिका वडा नं. ८ च्यानमका यसु श्रेष्ठ भनिने इन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।

गाउँपालिकाकै एक १५ वर्षीया किशोरीलाई बाल यौन दुराचार गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको हो । बाल यौन दुराचार गरेको भन्दै किशोरीका परिवारले उजुरी गरेपछि श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रहरी निरीक्षक दासका अनुसार किशोरीलाई बिहीबार साँझ बाल यौन दुराचार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषहाट कटुञ्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दासले बताए ।