नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

लिखुका गाउँपालिका उपाध्यक्ष, ६ वडा अध्यक्ष सहित १५० जनालाई जरिवाना

ओखलढुङ्गान्युज असोज, ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाका १ सय ५० जना निर्वाचित जनप्रतिनिधी तथा उमेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना गरेको छ । ९ वटा वडा रहेको लिखु गाउँपालिकामा निर्वाचित उपाध्यक्ष अस्मिता थापा सहित ६ जना वडा अध्यक्षहरुलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले सूचना प्रकाशित गरेर लिखु गाउँपालिकाका निर्वाचित उपाध्यक्ष थापा सहित २०७९ को स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उमेदवार ११ जनालाई जरिवाना गर्ने निर्णय गरेको हो । उनीहरुवाट जनही ४ लाख ५० हजार जरिवाना अशुल गर्नुपर्ने आयोगको ठहर छ ।

जरिवाना तोकिएका अन्य उमेदवारहरुमा गाउँपालिकाको अध्यक्ष पदका उमेद्वार एमालेका मिलन कुमार विष्ट, माओवादी केन्द्रका एकिन्द्रराज कटवाल, मंगोल नेशनल अर्गनाईजेशनका दावा शेर्पा, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उमेदवार राजन सुवेदी रहेका छन् ।

त्यस्तै उपाध्यक्ष पदका उमेदवारहरु एमालेका अस्मिता थापा, कांग्रेसका प्रेम कुमारी दाहाल, माओवादी केन्द्रका विमला भट्टराई, एकिकृत समाजवादीका पूर्ण कुमारी बुढाथोकी (खत्री), स्वतन्त्र उमेदवारहरु वोज बहादुर खत्री र सुभद्रा कटवाललाई पनि जनही ४ लाख ५० हजार जरिवाना हुने आयोगले जनाएको छ । 

कुन वडाका को को ?

आयोगले वडा तर्फपनि निर्वाचित तथा पराजय भोगेका उमेदवारहरुलाई पनि जरिवाना तोकेको छ । आयोगले वडाका अध्यक्ष तथा वडा सदस्यहरुलाई पनि जनही १ लाख ५० हजार जरिवाना हुने जनाएको छ । वडावाट जरिवाना तिर्नु पर्ने निर्वाचित तथा उमेदवारहरु तपशिल बमोजिम रहेका छन् ।

वडा नं. १ का वडा अध्यक्ष हिरा बहादुर कार्की तथा वडा अध्यक्षका उमेदवारहरु हिरा बहादुर कार्की, रविन कुमार खत्री, ओमहरी खड्का रहेका छन् । वडा महिला सदस्यहरुमा उर्मीला ढुंगेल, जिना माझी, प्रतिमा मगर रहेका छन् भने दलित महिला सदस्यमा रीता विश्वकर्मा, शर्मीला विश्वकर्मा, दिल कुमारी विश्वकर्मा तथा खुला सदस्यमा अनिल कार्की, टहल बहादुर कार्की, कविराज कार्की, रामभन्द्र बोगटी, टुल बहादुर पाण्डे, चिन्ता बहादुर बोगटी रहेका छन् ।

वडा नं. २ मा वडा अध्यक्षका उमेदवारहरु रामहरि बुढाथोकी, शिबराम खड्का, नेत्र बहादुर बोगटी महिला सदस्य देव कुमारी खड्का, कुमारी भूजेल रहेका छन् । त्यस्तै दलित महिला सदस्यहरु कल्पना दमाई, सुन्तली सार्की, केमा दमाई वडा सदस्यहरु कृष्ण बहादुर खड्का, तिल बहादुर खत्री, झक्कल बहादुर कामी, रविलाल दाहाल, सोम बहादुर खड्का, लिला बहादुर वि.क रहेका छन् ।

त्यसैगरि वडा नं. ३ मा वडा अध्यक्ष सोकर्ण श्रेष्ठ तथा वडा अध्यक्षका उमेदवारहरु गोपाल खड्का, शेर बहादुर श्रेष्ठ, महिला सदस्य ज्ञानु श्रेष्ठ, राम कुमारी श्रेष्ठ रहेका छन् । दलित महिला सदस्यमा मिना सार्की, विन्दा नेपाली तथा खुला सदस्यहरुमा तेज बहादुर जोगी, टेक बहादुर श्रेष्ठ, विन्द बहादुर विश्वकर्मा, राज कुमार जोगी रहेका छन् ।

वडा नं. ४ मा वडा अध्यक्ष घन बहादुर कार्की तथा वडा अध्यक्षका उमेदवारहरु ओम बहादुर कार्की, शंकर कटुवाल, राम कुमार सुवेदी खत्री तथा खुला महिला सदस्यहरु हिरामाया खत्री, होम कुमारी बस्नेत, ईन्द्रमाया बस्नेत, ईश्वरीमाया खत्री रहेका छन् । त्यस्तै दलित महिला सदस्यहरु विनिता विक, सितामाया दमाई, राम कुमारी सार्की, मिठुमाया सार्की तथा खुला पुरुष सदस्यहरु रत्न बहादुर पाण्डे, छत्र बहादुर मगर, रोहित बहादुर श्रेष्ठ, भोलामान कटवाल, गंगा श्रेष्ठ, सन्तोष मगर रहेका छन् ।

त्यसैगरि वडा नं. ५ का वडा अध्यक्षका उमेदवारहरु मनि कुमार कटुवाल, कमल खत्री, टीका बहादुर खड्का, हरि बहादुर थापा तथा महिला सदस्यहरु धन कुमारी श्रेष्ठ, बलमाया तामांग, ईन्दिरा खत्री रहेका छन् । त्यस्तै दलित महिला सदस्य तुलमाया दमाई, एकमाया दमाई, सिता नेपाली, कर्णमाया नेपाली तथा खुला पुरुष सदस्य हेम बहादुर प्रधान, देवीराज तामांग, मेख बहादुर काफ्ले, विक्रम तामांग, कुमार कटुवाल, बेद बहादुर खड्का, धन बहादुर काफ्ले, शान्त कुमार खत्री रहेका छन् ।

त्यस्तै वडा नं. ६ का वडा अध्यक्ष टिका बहादुर क्याप्छाकी मगर तथा वडा अध्यक्षका उमेदवारहरु सूर्य बहादुर खड्का, तिर्थराज भट्टराई, हरि प्रसाद भट्टराई खुला महिला सदस्य रेणुका मगर, सीता पौडेल, शुसिला भुजेल, मीरा भुजेल रहेका छन् । त्यस्तै दलित महिला सदस्य अम्बिका विश्वकर्मा, लक्ष्मी सार्की, तेज कुमारी विश्वकर्मा तथा खुला पुरुष सदस्य तर्फ जागेश्वर भट्टराई, दल बहादर मगर, ण कृष्ण भट्टराई, निलकमल भट्टराई, चुडा बहादुर खत्री, अब्देश भट्टराई रहेका छन् ।

वडा नं. ७ का पनि वडा अध्यक्षका उमेदवारहरु विजय कुमार बस्नेत, केशर बहादुर खत्री तथा खुला महिला सदस्यहरु गोमा बुढाथोकी, तिलक कुमारी खत्री, चन्द्र कुमारी खत्री रहेका छन् । दलित महिला सदस्यहरुमा पार्वती सार्की, खमीमाया विश्वकर्मा, प्रेम कुमारी सार्की तथा खुला पुरुष सदस्यहरुमा लिला बहादुर खत्री, नरध्वज खड्का, लोक बहादुर बस्नेत, अम्बर गुरुंग, चेत बहादुर थापा, नेत्र बहादर थापा रहेका छन् ।

त्यसैगरि वडा नं. ८ का वडा अध्यक्ष पुरुषोत्तम पौडेल र वडा अध्यक्षका उमेदवार दुर्गाहरि पौडेल, खुला महिला सदस्य देउमाया भुजेल, बाबा पौडेल रहेका छन् । दलित महिला सदस्य गिता देवी बर्मे, पवित्रा दर्जी तथा खुला पुरुष सदस्यहरु होम प्रसाद तिमल्सिना, सोम बहादुर विष्ट, शेर बहादुर तामांग, हरि बहादुर मगर रहेका छन् ।

त्यसैगरि वडा नं. ९ का वडा अध्यक्ष केशबहरि ढुंगेल र वडा अध्यक्ष पदका उमेदवारहरु रमेश कुमार घिमिरे, सुर्य बहादुर तामांग, ठाकुर घिमिरे तथा महिला सदस्य रत्न कुमारी सुनुवार, अनिशा तामांग, मिठुमाया तामांग, अप्सरादेवी दाहाल रहेका छन् । दलित महिला सदस्य सुक माया वि.क., मिना दर्जी, भक्तमाया कामी, चिना परियार (राई) तथा खुला पुरुष सदस्यहरु ङावा शेर्पा, डिक बहादुर तामांग, धुर्ब बहादुर तामांग, भीम कुमार खत्री, विनय रुपाचा सुनुवार, पदम बहादुर तामांग, लाल बहादुर तामांग, देव कुमार रुपाचा, सन्तेन्जी शेर्पा, भिम बहादुर थापा मगर लाई पनि निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

निर्वाचन आयोगले तोकेको जरिवाना समयमा नबुझाउने निर्वाचित जनप्रतिनिधीहरुको पद खारेज हुने पनि निर्वाचन आयोगले जनाएको छ । जरिवाना नबुझाउने जनप्रतिनिधीहरुको पद चैत १, २०७९ देखी खारेज हुनेछ । त्यस्तै जरिवाना तोकिएका उमेदवारहरुले जरिवाना नबुझाएमा २०७९ भदौ ३१ गते देखि ६ वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले जनाएको छ ।