नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

काठमाण्डौंको कपनमा भिषण आगलागी, जलेर तीनजनाको मृत्यु

ओखलढुङ्गान्युज असोज, काठमाण्डौं काठमाण्डौंको कपनमा बुधबार साँझ भिषण आगलागी भएको छ । आगलागीमा परि ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर मृत्यु भएकाहरुको सब डढेर क्षतविक्षत अबस्थामा रहेकोले शबको यो समाचार तयार पार्दासम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । आगलागीमा परेर अन्य केहीको पनि मृत्यु भएको आशंकामा खोजी कार्य जारी छ ।

कपनको राममन्दिर छेउको घरमा रहेको अक्सिजन सिलिण्डर पड्केर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण करोडौंको क्षति भएको छ । अक्सिजन सिलिण्डर रहेको घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएको जनाइएको छ ।

आगो नियन्त्रण पश्चात राति अवेरसम्म खोजी तथा उद्धार कार्य भएको भएपनि घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।