नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

महिला भलिवलमा ओखलढुङ्गालाई स्वर्ण पदक

ओखलढुङ्गान्युज असोज, विराटनगर झापामा जारी प्रदेश स्तरिय भलिवल प्रतियोगितामा ओखलढुङ्गाले स्वर्ण पदक जितेको छ । दमकमा आईतबार सम्पन्न भएको प्रदेश स्तरिय भलिवल प्रतियोगितामा कडा प्रतिष्पर्धाका साथ खोटाङ जिल्लालाई हराउदै ओखलढुङ्गाको महिला टिमले उपाधी कब्जा गरेको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश खेलाडी छनौट अन्तर्गत गत भदौ २९ देखि जारी प्रतियोगिता अन्तर्गत आईतवार महिलन भलिवल प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न प्रतियोगिता अन्तर्गत ओखलढुङ्गाको महिला टिमले आफ्नो सबै खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै उपाधीमा कब्जा जमाएको हो ।

ओखलढुङ्गाको महिला टिमसँग पराजित हुदै खोटाङको महिला टिम रजत पदक जित्न सफल भएको छ । आफ्नो लिग चरण देखिको प्राय सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको ओखलढुङ्गाले लिगमा नै खोटाङ जिल्लालाई पराजित गरेको थियो । तर फाईनलमा यीनै दुवै टोलीको भेट हुदा उपाधीमा कब्जा जमाउन ओखलढुङ्गालाई निकै सकस परेको थियो । कडा प्रतिष्पर्धात्मक फाईनल खेलमा ओखलढुङ्गाले खोटाङलाई २५–२२, २५–२२, १४–२५, १२–२५ र १५–१२ (३–२) को सेटमा हराएको हो ।

प्रतियोगिताको पोल घ मा रहेको ओखलढुङ्गा विजेता र खोटाङ उपविजेता वन्दै लिग चरण पार गरेका थिए । लिग चरणमा सोझो सेटमा हारेको खोटाङले फाईनलमा भने कडा रुपमा प्रस्तुत भएको थियो । 

राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं चरणसम्म आईपुग्दा ओखलढुङ्गाको महिला टिमले भलिवल प्रतियोगितामा स्वर्ण पदक जितेको यो पहिलो हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट अन्तर्गत प्रदेश स्तरीय प्रतियोगितामा ओखलढुङ्गा दोश्रो भएको थियो । सोलुखुम्बु जिल्लामा भएको उक्त प्रतियोगितामा ओखलढुङ्गा संखुवासभा जिल्लासँग पराजित भएको थियो ।