नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पुरुष भलिवलमा ओखलढुङ्गालाई रजत पदक, महिला टिम सेमिफाईनलमा

 

ओखलढुङ्गान्युज असोज, विराटनगर झापामा जारी प्रदेश स्तरिय भलिवल प्रतियोगितामा ओखलढुङ्गाले रजत पदक जितेको छ । दमकमा शनिवार सम्पन्न भएको प्रदेश स्तरिय भलिवल प्रतियोगितामा झापा जिल्लासँग पराजित हुँदै ओखलढुङ्गा रजत पदकमा मात्र सिमित भएको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश खेलाडी छनौट अन्तर्गत गत भदौ २९ देखि जारी प्रतियोगिता अन्तर्गत शनिवार भलिवल प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न प्रतियोगिता अन्तर्गत ओखलढुङ्गाले आफ्नो सबै खेलमा उत्कृष्ट प्रदर्शनी गरेपनि झापासँग भने आफ्नो प्रदर्शनीलाई निरन्तरता दिन सकेन । जसको फलस्वरुप सोझो सेटमा पराजित हुदै झापालाई स्वर्ण पदक सुम्पिएको हो ।

त्यस्तै संखुवासभा जिल्लाले कास्य पदक जितेको छ । कास्य पदकका लागि आज नै भएको खेलमा संखुवासभाले सोलुखुम्बुलाई पराजित गरेको हो ।

महिला टिम सेमिफाईनलमा

जारी प्रतियोगिताको महिला सहभागी टिम तर्फ भने ओखलढुङ्गा शनिवार सेमिफाईनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न आफ्नो क्वाटार फाईनल खेलमा मोरङ जिल्लालाई स्तब्ध पार्दै ओखलढुङ्गा महिला टिम सेमिफाईनलमा प्रबेश गरेको हो ।

ओखलढुङ्गासँगै झापालाई हराउदै खोटाङ, इलामलाई हराउदै भोजपुर र संखुवासभालाई हराउदै उदयपुर जिल्लाको महिला टिम पनि सेमिफाईनलमा प्रबेश गरेको जिल्ला भलिवल संघ ओखलढुङ्गाका अध्यक्ष रुपलाल तामाङले जानकारी दिए । सेमिफाईनल तथा फाईनल खेलहरु समेत आईतवार हुने प्रतियोगिता स्थलवाट अध्यक्ष तामाङले जानकारी दिए ।

सेमिफाईनलको पहिलो खेल आईतबार विहान ७ बजे ओखलढुङ्गा भर्सेस भोजपुरका बिच हुनेछ । त्यस्तै सेमिफाईनलको दोश्रो खेल खोटाङ भर्सेस उदयपुरका बिच हुनेपनि अध्यक्ष तामाङले जानकारी दिए ।