नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

भारतलाई हराउँदै नेपाली महिला टिम साफ च्याम्पियनसिपको फाइनलमा

ओखलढुङ्गान्युज भदौ ३१, काठमाण्डौं नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार भएको आफ्नो खेलमा आफ्नो चिर प्रतिद्वन्द्वी भारतलाई पहिलो पटक स्तब्ध पार्दै महिला टिम फाईनलमा प्रवेश गरेको हो ।

शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा चिरप्रतिद्वन्द्वी भारतमाथि १–० ले हराउदै नेपालले जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

नेपालको जितमा प्रिती राईले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा राईले उत्कृष्ट गोल गरिन् । दोस्रो हाफमा नेपाली महिला टिमले गोल नथपेपनि खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन । अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

नेपाल साफ महिला फुटवल प्रतियोगिताको फाइनलमा पुगेको यो पाँचौं पटक हो । तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो । २०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो ।