नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

नियोकका पाँचथर सदस्यको मृत्युमा श्रद्धाञ्जली व्यक्त

ओखलढुङ्गान्युज भदौ ३१, काठमाण्डौं राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) पाँचथर जिल्ला सदस्यको मृत्यु भएको नियोकले श्रद्धाञ्जली व्यक्त गरेको छ । नियोकका पाँचथर जिल्लाका संस्थापक सदस्य राम बहादुर गुरुङ प्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

निमोनियाका कारण विरामी परेका गुरुङको उपचारका लागि केहिदिन अगाडी विर्तामोडको विएमसी हस्पिटलमा भर्ना गरिएको थियो । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १ स्थायी घर भएका गुरुको हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पाँचथर जिल्लाका नियोक जिल्ला अध्यक्ष प्रेम ओझाले जानकारी दिए ।

काठमाण्डौंको नगरकोटमा लामो समयको पर्यबेक्षकहरुका लागि राष्ट्रि प्रशिक्षण कार्यक्रममा स्वर्गीय गुरुङ प्रति नियोकका ७७ ओटै जिल्लाका प्रतिनिधीहरुले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । पाँचथरका नियोक संस्थापक सदस्य गुरुङको उपचारको क्रममा विहिबार निधन भएको थियो ।