नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

टी-२० एसिया कप २०२२ को उपाधि श्रीलंकालाई

ओखलढुङ्गान्युज २७ भदौ, काठमाण्डौं आईतवार राती सम्पन्न टी²२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाका बलरहरू चम्किंदा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले यो वर्षको उपाधि हात पारेको हो ।

प्रतियोगिताको फाईनल खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो । जसका कारण उसको हार निश्चित वन्यो ।

प्रतियोगितामा पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए पनि कप्तान बाबर आजम ५ रनमै आउट भए । इफित्खार अहमदले ३२ रन  र हरिस रौफले १३ रन बनाउन बाहेक अन्य ब्याटरले  दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए, स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै, चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए ।

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । श्रीलंकाका भानुका राजपक्षे अविजित सर्वाधिक ७१ रन बनाएका थिए भने वानिन्दु हसरंगा ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन बनाएका थिए । श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो ।