नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

पपुवा न्यूगिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

ओखलढुङ्गान्युज । २६ भदौ, काठमाण्डौं । आईतबार विहान पपुवा न्युगिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ ठूला क्षति पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभागले जनाएको छ । प्रशान्त टापुको देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको त्यहाँको सञ्चारमाध्यमहरुले उल्लेख छन् ।

ठूलो भूकम्पका कारण देशका केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।