नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

बेलायतको नयाँ नरेश चाल्स तृतीय नियुक्त

ओखलढुङ्गान्युज भदौ २५ शुक्रबार बेलायतमा नयाँ नरेशको घोषणा गरिएको छ । औपचारीक रुपमा नै राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ नरेश घोषणा गरिएको हो । बेलायतको सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा चार्ल्स तृतीयलाई नव नरेश घोषणा गरिएको हो ।

त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो। घोषणा सभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए ।

गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानअनुसार युवराज चार्ल्स स्वतः राजा भएका हुन्। शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

थाहाखबरवाट