नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा झण्डै १६ सय मतदाता घटे

ओखलढुङ्गान्युज । २२ भदौ, ओखलढुङ्गा । जिल्लामा मतदाता नामावलीमा दोहोरो नाम परेका तथा मृत्यु भएका १६ सय बढी मतदाताको नाम हटाइएको छ । भदौ १२ देखि १९ सम्म एकसाता चलाएको अद्यावधिक कार्यक्रमबाट १ हजार बढी नागरिकको नामावली अध्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

अद्यावधिक कार्यक्रमबाट १ हजार ६ सय बढी मतदाताको बिवरण नामावलीबाट हटाईएको जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेम प्रसाद न्यौपानेले जानकारी दिए । नामावलीमा दोहोरो नाम भएका तथा मृत्यु भएका नागरिकको बिवरण नामावलीबाट हटाईएको न्यौपानेको भनाई छ । यसअघी निर्वाचन कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा दोहोरो मतदाता नामावली भएका ब्यक्तीहरु उल्लेख्य रहेको गुनासो आएको थियो ।

छलफलमा उठेका गुनासोका आधारमा निर्वाचन कार्यालयले कडाईका साथ मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तरगत दोहोरो नाम भएका ५ सय ७५ र मृत्यु भएका १ हजार ४६ जनाको मतदाता नामावलीबाट नाम हटाईएको छ ।

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन कार्यक्रमलाई लक्षित गरेर सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियानमा थप भएका सहित जिल्लामा कुल १ लाख १९ हजार ९ सय ९७ जना मतदाता रहेका छन् । ती मध्ये प्रदेश सभा निर्वाचन क्षेत्र नं क मा ५७ हजार ८ सय ४३ र ख मा ६२ हजार १ सय ५४ मतदाता रहेका छन् ।