नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

वलीले समाप्त पार्न लागेकोले विद्रोह ग¥यौ ः प्रदेश अध्यक्ष चौधरी

ओखलढुङ्गान्युज २० भदौ, ओखलढुङ्गा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले केपी ओलिले सबैलाई समाप्त पार्न लागेकाले विद्रोह गर्नु परेको बताएका छन् । नेकपा एकिकृत समाजवादी ओखलढुङ्गाको शोमबार सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै  पोलिटव्युरो सदस्य चौधरीले यस्तो बताएका हुन् ।

पोलिटव्यूरो सदस्य चौधरीले पार्टीका नेता कार्यकर्ताहरु सक्षम बन्न आफुँमा भएको क्षमताको उपयोग गरेर मेहेनति बन्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा चौधरीले कम्युनिष्ट सरकारले सुधार्न नीति ल्याउँछ, विकास बजेट समान रुपले वितरण गर्छ भन्ने आश थियो, केपी ओलिले सबैलाई समाप्त पार्न लागेकाले विद्रोह गर्नु परेको बताए । अव यी कामको जिम्मा आफूहरुले लिनुपर्ने बताए । कार्यकर्ताहरुलाई उच्च मनोवलसहित काममा खट्न र अरु पार्टी भन्दा फरक व्यवहार देखाउन आग्रह गरे ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ ईञ्चार्ज घनेन्द्र बस्नेतले नेपाल युक्रेन बन्ने खतरा भएको बताए ।  बर्तमान समयमा चिन–अमेरिका द्वन्द्वको प्रभाव देखिने अवस्थामा पुगिसकेकोले चीन अमेरिका द्वन्द्वले विश्वयुद्ध निम्त्याउन सक्ने चिन्ता व्यक्त गरे । बस्नेतले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेकाले नेपाल कुनैको पक्षमा देखिन नहुने, एक चीन नीतिवाट अमेरिका पछि हटेकाले द्वन्द्व बढिरहेको बताए ।

उपाध्यक्ष एवं ईञ्चार्ज बस्नेतले राष्ट्रिय पूँजीको निर्माण गरेर समाजवादी यात्रामा अघि बढ्ने पार्टीको तत्कालिक कार्यनीति रहेको बताए । पार्टीको मार्ग दशर्क सिद्धान्त माक्र्सवाद, लेलिनवाद र लक्ष्य समाजवाद रहेको प्रष्ट्याए । वस्नेतले नेता होइन नीति केन्द्रित, विचारबाट चल्ने पार्टी एकिकृत समाजवादी भएको भन्दै पार्टी निर्माण र चुनाव बढी भन्दा बढी भोट ल्याउने कार्ययोजनाका साथ अघि बढ्न निर्देशन दिए ।

अर्का पोलिटव्यूरो सदस्य बबि चाम्लिङले स्थानीय कमिटी परिचालन गरेर पार्टीलाई चुनाव लक्षित गतिविधीमा केन्द्रित गर्न आग्रह गरे । स्थानीय तह सरकारकै रुपमा काम गर्ने भएकाले समन्वय र सहकार्य गर्दै गतल प्रवृत्ति विरुद्ध खबरदारी गर्न उनको सुझाव छ । जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षणमा केन्द्रिय सदस्य, जिल्लाका पदाधिकारीहरु तथा जिल्ला कमिटी र पालिका कमिटीका सदस्यहरु सहभागी थिए ।