नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीयमा लम्साल

ओखलढुङ्गान्युज । २० भदौ, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा बलराम लम्साल आएका छन् । नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत लम्साललाई शोमबार एक कार्यक्रमका विच नगरपालिकाका र्कचारी र जनप्रतिनिधीहरुले स्वागत कार्यक्रम मार्फत स्वागत गरेका हुन् ।

स्थानीय तहको निर्वाचन लगत्तै खालि रहेको प्रमुख प्रशासकिय अधिकृतको कुर्ची लामो समय पछि भरिएको छ । प्रमुख प्रशासकिय अधिकृत विहिन कार्यालय हुदा नगरपालिकावाट प्रवाह हुदै आएका कतिपय सेवा प्रवाहमा प्रत्यक्ष असर समेत परेको थियो । नयाँ प्रमुख प्रशासकिय अधिकृत आएसँगै रोकिएका कामहरु सुचारु भएका छन् ।

कार्यालयम हाजिर भएका नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गर्दै जनप्रतिनिधीहरुले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए । ओखलढुङ्गा जिल्लामा रहेको ८ स्थानीय तह मध्ये लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका लामो समयदेखि र खिजिदेम्बा गाउँपालिका केहि समय देखि निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा सञ्चालन भैरहेका छन् ।