नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

ओखलढुङ्गान्युज २० भदौ, विराटनगर नेकपा एकिकृत समाजवादीका नेता एवं प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईकी आमाको शोमबार मृत्यु भएको हो ।

मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा उपचारको क्रममा आज (शोमबार) बिराटनगर स्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी निवासी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केहि दिन अगाडि उपचारको लागि हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याईएपनि उपचारकै क्रममा आमाको मृत्यु भएको हो ।

मृतक आमाको पार्थिक शरीरलाई मोरङ सहकारी अस्पतालमा  श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिने मुख्यमन्त्रीको सचिवालयले विराटनगरले जनाएको छ । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् । राईका तीन छोरा र एक छोरी छन् । मुख्यमन्त्री राई कान्छो छोरा हुन् ।