नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

करेन्ट लागेर खोटाङमा एक पुरुषको मृत्यु

ओखलढुङ्गान्युज । १९ भदौ, खोटाङ । खोटाङमा करेन्ट लाग्दा शनिवार एक पुरुषको मृत्यु भएको छ । लघु जलविद्युत आयोजनाको करेन्ट लाग्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

शनिबार स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो । करेन्ट लाग्दा गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि राती फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो । तर अस्पताल पुर्‍याइए लगत्तै उनलाई मृत घोषणा गरिएको थियो ।

गत १६ भदौमा छुट्याइएको जम्पर जोड्नेक्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । विद्युतगृह नजिक घर भएकाले राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गर्दै स्थानीयलाई सहयोग गर्नेगरेका थिए । पाथेकामा २०७० सालदेखि ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो ।