नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै

ओखलढुङ्गान्युज १६ भदौ, विराटनगर आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन सुरु भएको हो ।

प्रसिद्ध लोकलयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । विराट आदर्श साहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा पनि गुरुकुलमा मञ्चन भएको थियो । पुनः ‘खरानीको डोरी’ को मागआएकाले प्रस्तुतगर्न लागिएको उनले बताए ।

उनले भने, ‘त्यतिखेर पनि धेरैले नाटक रुचाउनु भएको थियो । फेरी पनि विभिन्न संघसस्था र ब्यक्तिहरूले यहि नाटकको प्रस्ताब गर्नुभयो । त्यसैले यहि नाटक लिएर आएका हौँ ।’ अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको उनले बताए ।

नाटकको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन् भने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका छन् । नाटकमा दीपेश पोखरेल, सुवेक्षा विष्ट, तिर्थराज विश्वकर्मा, निष्चल कठायत, शान्तीराम राई, दीपेन्द्र राई, विकेश बस्नेत, अच्युत गिरी, रामचन्द्र मेहता, अस्विना दाहाल र विराज पौडेलको अभिनय रहेको छ ।

नाटक भदौ २० गतेसम्म मञ्चन हुनेछ । विदाको दिन बाहेक हरेक दिन १०ः३० र १ः३० मा नाटक मञ्चन हुनेछ । विदाको दिनभने ५ बजे नाटक मञ्चनहुने छ । यसअघि पनि मञ्चले ‘मुनामदन’, ‘छिँडीभरिको आकाश’ लगायतका नाटक सफतापूर्वक मञ्चन गरिसकेको छ ।