नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

युवा समाजसेवी राजुले दिए नर्मदेश्वरका विद्यार्थीलाई झोला र खेलकुद सामाग्री

ओखलढुङ्गान्युज १६ भदौ, लिखु नर्मदेश्वरका युवा समाजसेवी राजु श्रेष्ठले नर्मदेश्वरका विद्यार्थीहरुलाई विद्यालय व्याग र खेलकुद सामाग्री वितरण गरेका छन् । लायन्स क्लब अफ लिखुको प्राविधिक सहयोगमा युवा समाजसेवी श्रेष्ठले व्याग र खेलकुद सामाग्री वितरण गरेका हुन् ।

लिखु गाउँपालिका वडा नं. ३ का निर्वाचित जनप्रतिनिधीहरुको उपस्थितीमा श्रेष्ठले प्रतिनिधी मार्फत झोला र खेलकुद सामाग्री वितरण गरेका हुन् । लिखु ३ नर्मदेश्वरमा रहेको एक मावि र ३ आधारभुत विद्यालय सहित ४ विद्यालयका ३ सय बढि विद्यार्थीलाई सामाग्री वितरण गरेको श्रेष्ठले जानकारी दिए ।

समाजसेवी श्रेष्ठले यस अगाडी पनि नर्मदेश्वर लगायत लिखु क्षेत्रका विभिन्न विद्यालयहरुमा अध्यययनरत विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामाग्री उपलब्ध गराउदै आएका छन् । श्रेष्ठ लायन्स क्लब अफ लिखुका चार्टड प्रेसिडेन्ट तथा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफका एडिसनल क्याविनेट सेक्रेटरी हुन् ।