नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

१० उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाल आठौं नम्बरमा

ओखलढुङ्गान्युज । भदौ, काठमाण्डौं । विश्वको उत्कृष्ट १० गन्तव्यको सूचिमा नेपाल आठौं नम्बरमा परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको हो ।

१० उत्कृष्ट गन्तव्यहरुको सूची मध्ये पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरिएको छ ।

कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र पर्नुलाई व्यवसायीले सुखद मानेका छन् । यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरुले आँकलन गरेका छन् ।