नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

भारतले बढायो डिजेल/पेट्रोलको मूल्य, नेपालमा के होला ?

ओखलढुङ्गान्युज १६ भदौ, काठमाण्डौं विहिबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । पठाएको नयाँ मूल्य अनुसार डिजल र पेट्रोलको मूल्यमा बृद्धि गरेको छ ।

बिहीबार भारतवाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेको छ । उता खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने विहिबार साँझसम्म कुनै निर्णय गरेको छैन ।

यसअघि लगातार तीन पटक मूल्य घटेर पेट्रोलियम पद्धार्थ प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । भारतवाट प्राप्त नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्न सक्ने निगमका एक अधिकारिले बताका छन् ।