नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

तिजको ब्रतालु नाचगान गरिरहेको ठाँउमा चट्याङ, दुईको मृत्यु

ओखलढुङ्गान्युज । १५ भदौ, काठमाण्डौं । तिजको ब्रत बसेर राती नाचगान गरिरहेको ठाँउमा चट्याङ पर्दा नाचगान गरिरहेका दुईजना महिलाहरुको मृत्यु भएको छ । दिनभर ब्रत बसेर राती नाचगान गरेको स्थानमा चट्याङ पर्दा दाङको घोराही उपमहानगरपालिकामा दुईजनाको मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका १२ गुरउ भन्ने स्थानमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङमा परि नाचगान गरिरहेका १३ जना घाइते भएका छन् ।

चट्याङमा परि घाईते भएका मध्ये दुई जनाको अबस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । अन्य घाईते ११ जनाको अबस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । दिनभर ब्रत बसेका महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको प्रहरी नायव उपरीक्षक गौतमले बताए ।