नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

भिषण वर्षात पछिको बाढि पहिरोमा परि एक हजार बढिको मृत्यु

ओखलढुङ्गान्युज । १३ भदौ, काठमाण्डौं । लगातारको भिषण वर्षातसँगै आएको बाढि पहिरोमा परि पाकिस्तानमा करोडौंको धनजनको क्षति भएको छ । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।

वर्षातसँगैको बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षा जन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन् । बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिरोले तीन हजार चार सय ५१ किलोमिटर सडक बगाएको, एक सय ४९ पुल भत्काएको, एक सय ७० पसल बगाएको, नौ लाख ४९ हजार आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

 

थाहाखबरबाट