नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

आज तिजको ब्रतको तयारी स्वरुप दर खाईदै

ओखलढुङ्गान्युज । १३ भदौ, काठमाण्डौं । आज हिन्दू धर्मावलम्बी महिलाहरुको महान पर्व हरितालिका तिजको अघिल्लो दिन । तीज व्रतको तयारी स्वरूप महिलाहरु (आज) सोमबार साँझ दर खाने तयारीमा छन् । प्रत्येक वर्षको भाद्र शुक्ल त्रितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ ।

दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी माइती घरमा दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका मिठा खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने परम्परा चलिआएको छ ।

भोलिपल्ट निराहार व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता रहि आएको छ । विशेषगरी पेटलाई अडिलो बनाउने दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

थाहाखबरबाट