नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

आज देशभर सामान्य देखि भारि वर्षातको सम्भावना

ओखलढुङ्गान्युज १२ भदौ, काठमाण्डौं शनिवार बेलुकी देखी नै देशभरका अधिकांश स्थानमा पानी परिररहेको छ । आईतवार विहानै देखि मौसम बदली निरन्तर छ । आईतवार (आज) देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । शनिवार राति पनि पनि एक≈दुई स्थानमा भिषण वर्षात भएको थियो ।

भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने महाशाखाले जनाएको छ । बाढि पहिरोको पनि जोखिमको सम्भावना हुदा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।