नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

रेडक्रसको तिज विशेष लोकगित प्रतियोगिता ः शिवदुती आमा समूह प्रथम

ओखलढुङ्गान्युज । १२ भदौ, ओखलढुङ्गा । तिज विशेष लोकगित प्रतियोगितामा मोलुङ गाउँपालिकाको शिवदुती स्वास्थ्य आमा समूह प्रथम भएको छ । हिन्दु नारीहरुको विशेष पर्व तीजको अवसर पारेर शनिवार ओखलढुङ्गामा आयोजना गरिएको तिज विशेष आँखा स्वास्थ्य सम्बन्धि सचेतना मूलक लोकगित प्रतियोगितामा मोलुङ गाउँपालिका वडा नं. ५ को शिवदुती स्वास्थ्य आमा समूह प्रथम भएको हो ।

जिल्ला स्थित विभिन्न ६ समुह सहभागी प्रतियोगितामा राधाकृष्ण महिला स्वास्थ्य आमा समुह मोलुङ २ द्वितिय र सिद्धिचरण महिला बचत तथा ऋण सहकारी संस्था, सिद्धिचरण नगरपालिका १२ तृतिय भएका छन । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहलाई प्रमाणपत्र सहित क्रमश नगद १२ हजार, १० हजार र ८ हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा सहभागी विजेता तथा प्रतियोगी समुहहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा विशिष्ट अतिथीहरुले आयोजकको तर्फबाट नगद र प्रमाणपत्र वितरण गरेका थिए । आँखा सम्बन्धी समस्या जहिले र जसलाई पनि हुने सक्ने भएकाले सचेतना फैलाउने र संस्कार, संस्कृती संरक्षणमा समेत सहयोग पु¥याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको सामुदायीक आँखा केन्द्रका प्रमुख टिका राईले जानकार दिईन ।

नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा अन्तर्गत जिल्ला सामुदायिक आँखा केन्द्र तथा ग्रामिण महिला जागरण सञ्जाल ओखलढुङ्गाको समन्वयमा सदरमुकाममा प्रतियोगिता आयोजना गरेको थियो ।