नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

एकिकृत समाजवादीले टुंग्यायो ओखलढुङ्गावाट उमेदवार

ओखलढुङ्गान्युज । १० भदौ, ओखलढुङ्गा । शोमबार देखि जारि नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटिको बैठकले ओखलढुङ्गावाट आफ्नो उमेद्वारहरुको टुङ्गो लगाएको छ । एकीकृत समाजवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ओखलढुङ्गाबाट भाग लिने उमेदवारको नाम सिफारीस गरेको हो ।

पार्टी पुनर्गठन भएको १ बर्ष पुगेको अवसरमा आगामी निर्वाचनमा जिल्लाबाट पार्टीका उमेद्धवार बन्ने प्रत्यक्ष र समानुपातीक तर्फका उमेदवारको सिफारीस नामावली पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला ईन्चार्ज तथा अध्यक्ष नेत्र प्रसाद भट्टराईले जिल्लाबाट संघ र प्रदेशका लागी सिफारीस गरिएका उमेदवारहरुको नामावली सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको नामावली अनुसार प्रदेश सभाका लागी प्रत्यक्ष तर्फ क्षेत्र नम्बर क बाट राजन खत्री र सञ्जीव गुरुङ्गको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभाको क्षेत्र नम्बर ख बाट कमल खड्का, यमचन्द्र कट्वाल र पुर्ण कुमारी सुवेदीको नाम सिफारीस गरेको छ ।

त्यस्तै समानुपातिक तर्फ क बाट तिलक लोहनी र शारदा निरौला तथा ख बाट अम्बीका प्रसाद भट्टराईलाई सिफारीस गरेएको छ । त्यसैगरि प्रतिनिधी सभा सदस्य तर्फ भने प्रत्यक्षबाट नेत्र प्रसाद भट्टराई, छत्र बहादुर कार्की र मेख बहादुर खड्काको नाम सिफारिस गरेको छ । समानुपातीक तर्फबाट निर्मला श्रेष्ठलाई मात्र सिफारीस गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

पार्टीको जिल्ला कमिटीमार्फत छनौट भएका उमेदवारहरुको नामावली प्रदेश पार्टी कार्यालयमा सिफारीस गरिएको पार्टीका जिल्ला अध्यक्ष भट्टराईले बताए । तर पार्टीको केन्द्रिय निर्देशन अनुसार गठबन्धन गरेर अन्य दलहरुसंग जाँदा  सहमतीमा जान सकिने नेकपा एकिकृत समाजवादीले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।