नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा बुधबार थपिए कोरोनाका २९ संक्रमित, मोलुङमा मात्रै २७ जना

ओखलढुङ्गान्युज । ८ भदौ, प्राप्चा । ओखलढुङ्गामा बुधबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २७ संक्रमित थपिएका छन् । बुधबार थपिने सबै संक्रमित मोलुङ गाउँपालिकाको मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

सुचना अधिकारी पन्तका अनुसार जिल्लाको मोलुङ गाउँपालिकाका विभिन्न वडामा ९७ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै सुनकोशी गाउँपालिकाका ३ जनामा एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बुधबार २९ थपिदा ओखलढुङ्गामा पछिल्लो चरणमा कोरोना फैलिएसँगै संक्रमित हुनेको संख्या पनि १ सय १७ पुगेको छ । संक्रमित मध्ये ७ जना निको भएका छन् । अब जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय १० रहेको छ । सबै संक्रमित होम आइशोलेशनमा रहि स्वास्थ्य लाभ गरिरहेको सुचना अधिकारी पन्तले जानकारी दिए ।