नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

बुधबार थपिए कोरोनाका ४ सय ८७ संक्रमित, एकको मृत्यु

ओखलढुङ्गान्युज । ८ भदौ, काठमाण्डौं । देशमा पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । यसै अबधिमा एक जनाको मृत्युट पनि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको स्वाब परीक्षण गर्दा ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ३ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४५ जनामा संक्रमण देखिएको हो

बुधबार नयाँ संक्रमित थपिएसँगै अब नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ पुगेको छ । बुधबार नै पछिल्लो २४ घण्टामा १ सय ६४ जना संक्रमितहरुले भने कोरोना भाईरस संक्रमणलाई जित्दै संक्रमणबाट मुक्त भएका छन् ।