नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

प्रदेश छनौट प्रतियोगिताको लागि झापाका खेल मैदानको निरिक्षण

ओखलढुङ्गान्युज । ६ भदौ, झापा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनौट प्रतियोगिताको लागि प्रदेश नं. १ को खेलकुद विकास बोर्डका सदस्यहरुले झापाको खेल मैदानको निरीक्षण गरेको छ । प्रदेश खेलकुद बिकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्ले सहितको प्राबिधिक टोलिले झापाका विभिन्न खेलमैदानको स्थिति अबलोकन तथा निरीक्षण  गरेका हुन् ।

बोर्डका सदस्य शैलेस कुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद बिकास समितिका निर्देशक उशा कर्ण र कार्यालय प्रमुख चण्डिका बास्तोलाको टोलीले झापा जिल्लाका विभिन्न खेलमैदानको अवस्था निरीक्षण गरेका हुन् । टोलीले आसन्न नबौ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता आयोजना गर्नसक्ने सम्भावना बारे अध्यन गर्न निरिक्षण गरेको हो ।

खेलकुद बिकास बोर्डको टोलीले झापाको चन्द्रगढिमा रहेको मेचि रंगशाला, सोहि रंगशाला संग रहेको कभर्डहलको निरीक्षण गरेको छ । निरीक्षण कै क्रममा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतको टीमले जिल्लाको खेलकुद गतिविधिका बारेमा बोर्डका पदाधिकारीलाइ जानकारी गराएका थिए । छनौट प्रतियोगिता अन्तर्गत झापा जिल्लामा आफुहरुले गराउन सक्ने खेलकुद प्रतियोगिताको बारेमा समेत ध्यानाकर्षण गराएका थिए ।

प्रदेश खेलकुद बोर्डका सदस्य सचिब हंसराज वाग्लेले बोर्डले खेलाडीको हितमा काम गरिरहेको बताउदै प्रदेशको लागि मेडल ल्याउने खेलाडीलाइ उचित पुरस्कार सहित सम्मान गर्ने बताए । खेलकुद विकास बोर्डको टोलीले झापा जिल्लाको मेचिनगर नगरपालिकामा रहेको मेचि सामुदायिक भवनको समेत निरीक्षण गरेको छ । यसै गरि काकडभिट्टाको खेलमैदानमा क्रिकेट खेल को समेत निरीक्षण गरेको थियो ।