नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाको रमाइलो डाँडामा संयुक्त रथ पुजा

ओखलढुङ्गान्युज । ४भदौ, ओखलढुङ्गा । जिल्ला सदरमुकाम स्थित रमाइलो डाँडामा शुक्रबार साँझ संयुक्त रथ पुजा गरिएको छ । सिद्धिचरण नगरपालिकाको वडा नं. ११ का नागरिकहरुले संयुक्त रथपुजा गरेका हुन् । शुक्रबार कृष्णजन्म अष्ठमीको दिन रमाइलो डाँडामा संयुक्त समाजले एकसाथ रथपुजा गरेका हुन् ।

करीब २९ बर्ष पछि पुन यस बर्षबाट लाखेजात्रा सुरु गरेको रमाइलो डाँडाको जनसेवा गुठीले संयुक्त रथपुजा सहित लाखेजात्रा निकालेका छन् । शुक्रबार कृष्णजन्म अष्ठमीको अवसर पारेर दिनभर निराहर ब्रत बसेका महिलाहरुले बेलुका संयुक्त रथपुजा गरेको स्थानीय भैरव श्रेष्ठले बताए ।

लामो समय देखि रमाइलो डाँडामा चलिआएको लाखेनाच बन्द भएदेखि भैरव टोल र राम बजारका नेवार समुदायले लाखेनाच देखाउदै आएका थिए । तर राम बजार र भैरवटोलका युवा बिच झडप भएपछि दुबै टोलले लाखे नाच भिन्नाभिन्नै रुपमा देखाउदै आएका थिए ।

यस पटक भने दुवै टोलमा रहेको गुठीको पदाधिकारी बिच भएको छलफलपछि बजार क्षेत्रमा संयुक्त रुपमा लाखेनाच प्रदर्शन गरिएको छ । उता रमाइलो डाँडामा भने पुन जनसेवा गुठीले लाखेनाच सुरुवात गरेको छ । शनिबार (आज) रमाइलो डाँडा र तल्लो बजारमा भब्य रुपमा रथ जात्रा निकालिने तयारी गरिएको छ।