नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कृष्ण जन्माष्टमी पर्वको सार्वजनिक विदामा पनि जिल्ला प्रशासन खुल्ने

ओखलढुङ्गान्युज भदौ, ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले कृष्ण जन्माष्टमी पर्वको दिन पनि सेवा प्रवाह गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले एक सूचना प्रकाशित गर्दै आज सार्वजनिक विदाको दिन पनि सेवाग्राही नागरिकहरुलाई सेवा दिन लागेको जनाएको हो ।

नेपालवाट बैदेशीक रोजगारीका लागि दिनानुदिन युवाहरु विदेशीने क्रम जारि रहेको छ । बैदेशीक रोजगारीमा जानका लागि प्रशासन कार्यालयमा राहदानी पत्र (पासपोर्ट) वनाउनेको भिड लाग्ने गरेको थियो । तर जिल्ला प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको मेसिनमा समस्या आउदा राहदानी वनाउन आउने सेवाग्राही नागरिकहरु समस्यामा परेका थिए ।

तर अहिले उक्त समस्या हल भएको र सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै शुक्रबार (आज) सार्वजनिक विदाको दिनपनि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गावाट प्रदान हुदै आएको पासपार्ट सम्बन्धिका सबै सेवा प्रदान गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गावाट जारि सूचना अनुसार आज विदाको दिनपनि पासपार्टको फारम भर्ने, ईनरोलमेन्ट गर्ने र बनेर आएका राहदानी सम्बन्धित ब्यक्तिलाई प्रदान गर्ने सम्बन्धि सेवा नियमित हुने जनाएको हो ।