नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

आजवाट प्लाष्टिकका झोला विक्री तथा प्रयोग गर्न नपाईने

ओखलढुङ्गान्युज । १ भदौ, काठमाण्डौं । नेपाल सरकारले आज अर्थात भदौ १ गतेवाट प्लाष्टिकका झोला विक्रि वितरण र प्रयोगमा रोक लगाएको छ । सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको हो ।

वातावरण विभागले एक सुचना जारी गर्दै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध गरेको जनाएको छ । २०७८ साल माघ १७ गते देखि नै प्लाष्टिकका झोला विक्री वितरण र प्रयोगमा प्रतिबन्ध गरेको भएपनि कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोले कर्डाइका साथ कार्यन्वयनमा समस्या भएको विभागले जनाएको छ ।

मनविय स्वास्थ्य र वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्णरहेको प्लाष्टिकका झोला प्रतिवन्धको नीति आजदेखि थप कडाईका साथ लागु गर्ने विभागले जनाएको छ । आजदेखि ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्रीलाई पुर्ण रुपमा प्रतिबन्ध गरेको जनाउँदै आजदेखि अनुगमनलाई तिब्रता दिइने र अटेर गरेमा कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।