नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

विद्यार्थी बिमारी भएपछि लिखुको जालपा मावि बन्द, कोरोना संक्रमणको आशंका

ओखलढुङ्गान्युज । २९ साउन, लिखु । लिखु गाउँपालिका वडा नं. ८ मा रहेको जालपा मावि भदौ २ सम्म वन्द गरिएको छ । बिद्यार्थी तथा शिक्षकहरुमा समेत भाइरल फिबरको प्रकोप देखिन थालेपछि बिद्यालय बन्द गरिएको हो ।

विद्यालयका अधिकांश विद्यार्थीहरुमा भाइरल फिबरको प्रकोप देखिन थालेपनि आईतवार देखि भदौ २ सम्म पाँच दिनका लागी बिद्यालय बन्द गरिएको विद्यालयले एक सूचना प्रकाशित जानकारी गराएको छ । बिद्यालयमा अध्यनरत सबै उमेर समुहका बालबालिकामा कडा खालको ज्वरो तथा रुघा खोकीको लक्षण देखिएको बिद्यालयका प्रध्यानध्यापक कैलाश पौडेलले बताए ।

विद्यार्थी र शिक्षकमा भाईरल ज्वरो देखिएको तथा समान्य बिद्यार्थीहरुमा समेत संक्रमणको जोखिम उच्च रहेकाले सावधानी स्वरुप बिद्यालय बन्द गरिएको प्रध्यानध्यापक पौडेलले बताए । भाईरल ज्वरोको प्रकोप बढेपछि शिक्षक तथा विद्यार्थीहरुमा कतै कोरोना संक्रमण भएको त हैन भनेर आशंका समेत गरिएको छ । कोरोना संक्रमण समेत भएको आशंकामा शविार विद्यालयमा गाउँपालिकावाट स्वास्थ्यकर्मी झिकाईएको थियो । तर शनिवार उनीहरुको परीक्षण हुन नसकेकोले आईतवार विद्यालयमा नै पालिकावाट  समेत स्वास्थ्य कर्मचारी झिकाएर स्वास्थ्य परीक्षण गराउने तयारी गरिएको टारकेराबारीका जनप्रतिनिधी शंकर तिमल्सीनाले जानकारी दिए ।

विद्यालयवाट जानकारी आउनसाथ आवश्यक स्वास्थ्य परीक्षणको व्यबस्था मिलाउनका लागि आफूले पालिकाका अस्पतालको टिमलाई निर्देशन दिएको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले बताए । भाईरल ज्वरो देखिएपनि कोरोना भाईरसको संत्रमण समेत भएको हुन सक्ने आशंकामा त्यसै अनुरुप तयारी गरेर विद्यालयमा पुग्न निर्देशन दिएको अध्यक्ष कार्कीको भनाई छ । शनिवार तयारी नभएको तथा विदाको दिन परेकोले आईतबार आवश्यक औषधी, स्वास्थ्य परीक्षण सामाग्री सहित डक्टर सहितको स्वास्थ्य कर्मी विद्यालय पुग्ने गाउँपालिकाका अध्यक्ष कार्कीले जानकारी दिए ।

पछिल्लो समय जिल्लाका अधिकांश बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुमा भाइरल फिबरको संक्रमण देखिएको छ । विद्यार्थीहरुमा कडा खालको ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने,जोर्ती दुख्ने लगायतका लक्षण लक्षण देखिने गरेको चिकित्सकहरुको भनाई छ । भाइरल फिबर ठुलो उमेरसमुहका ब्यक्तीहरुमा समेत देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । बढी जसो बालबालिकामा क्षणमा ज्वरो आउने , टाउको दुख्ने, बान्ता गर्ने लगायतका लक्षण देखिने गर्दछ । जसका लागी स्वास्थ्य संस्थाहरुमा समेत बिरामीको चाप बढ्न थालेको पन्तको भनाई छ ।

कोरोना संक्रमणको ग्राफ उच्च गतिमा बढेसँगै जिल्लामा भाइरल फिबरका बिरामी बढेकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ । भाईरल फिवर  आउदा कोरोना संक्रमणको लक्षणसँग मिल्दा जुल्दा लक्षण देखिन्छन् । त्यसैले खानपान र सरसफाईमा बिषेश ध्यान दिन आम नागरिकहरुलई जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।