नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

यूएईमा भिषण वर्षात, जनजिवन कष्टकर

ओखलढुङ्गान्युज । २५ साउन, काठमाण्डौं । केहिदिन देखी संयुक्त अरब इमिरेट्स ९यूएई०मा भीषण वर्षात भएको छ । भिषण वर्षत पश्चात आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ। बाढीका कारण हजारौं मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् ।

यूएई सरकारले भिषण वर्षात पछिको बाढीमा परेका शारजाह र फुजेराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटाएको छ । बाढिका कारण समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भईरहेको त्यहाँको सरकारले जनाएको छ । भिषण वर्षातका कारण सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको बताईएको छ । आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ । बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न सूचना जारि गरेको छ ।

भिषण वर्षातपछिको बाढीले घरबार बिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ । थप समस्यामा परेकाहरुको उद्धार कार्य जारि नै रहेको छ । निरन्तर वर्षा भइरहेकोले अझै केही समय बाढीको बहाव बढ्न सक्ने भन्दै त्यहाँका अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।