नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

बुधबार झण्डै ६० अंकले बढ्यो सेयर

ओखलढुङ्गान्युज । २९ असार, काठमाण्डौं । पछिल्ला दिनमा क्रमशः घट्दै गएको शेयर बजार मंगलबार र बुधबार भने बढेको छ । शोमबार ७७ अंकले गिराओट आएको शेयर बजारमा मंगलबार १३ अंक र बुधबार भने ५९.५४ अंकले बढेको छ । बुधबार शेयर बढेसँगै नेप्से परिसूचक पनि १९६८.८२ विन्दुमा पुगेको छ ।

बुधवार कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ । मंगलवार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । मंगलबारको तुलनामा बुधवार कारोबार रकम समेत बढेको हो ।

बुधबार नेप्सेका १३ वटै उपसमूहहरुको सूचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ६.२५ अंकले बढेको छ भने व्यापार उपसमूह ५.३९, जलविद्युत ४.७१,अन्य उपसमूहको ४.७२ प्रतिशतले बढेको छ ।